२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विपत्तिमा एकजुट भएर लागौँ

प्रकाशित मिति : २०८३ भाद्र १७ गते
AI

भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । क्षणभरमै बस्ती, बजार, पुल, सडक, जलविद्युत् आयोजना र राज्यका संरचना बगाएको यो विपत्तिले मुलुकलाई गहिरो शोकमा डुबाएको छ । सयौँ घरबार गुमेका छन्, कैयौँ नागरिक सम्पर्कविहीन छन् र बेपत्ताको संख्या अझै बढिरहेको छ । यस घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हाम्रो मानवीय दायित्व हो । तर, यतिबेला सबैभन्दा ठूलो सवाल पीडितलाई कसरी तत्काल सुरक्षित स्थानमा पु¥याउने भन्ने हो । मानवीय क्षतिको पूर्ण विवरण अझै स्पष्ट आइसकेको छैन । तर, भौतिक संरचनाको क्षति भने भयावह देखिएको छ । तीन दर्जन बढी पुल भत्किएका छन्, सडक अवरुद्ध बनेको छ, जलविद्युत् आयोजना क्षतिग्रस्त छन् । नदीपारि रहेका नागरिक अझै जोखिममा छन् । त्यसैले अहिलेको निर्विकल्प प्राथमिकता भनेको उद्धार, उपचार, राहत र सुरक्षित पुनस्र्थापना हो । यसका लागि राज्यका सबै संयन्त्र (सेना, प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय तह र स्वयम्सेवक) एकैसाथ परिचालन गर्नु आवश्यक छ ।

पछिल्लो समय जलवायु परिवर्तन, तापक्रम वृद्धि, हिमताल फुट्ने जोखिमले नेपालका हिमाली क्षेत्रमा बाढी–पहिरोको सम्भावना बढाएको छ । यसैले पूर्वसूचना प्रणाली, निगरानी र सुरक्षित स्थानान्तरणलाई बलियो बनाउन दीर्घकालीन बहस आवश्यक छ । तर, अहिले भने जीवन जोगाउने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । सरकारले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्नु, घाइतेको निःशुल्क उपचार, घरबारविहीनलाई खाने–बस्ने व्यवस्था गर्नु, सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्नु सकारात्मक सुरूवात मान्न सकिन्छ । संसद्ले नियमित कार्यसूची स्थगित गरी विपद् व्यवस्थापनमा ध्यानकेन्द्रित गर्नु स्वागतयोग्य छ । तर, निर्णय घोषणा गरेर मात्र दायित्व पूरा हुँदैन । राहत सामग्री गोदाममा थन्काएर होइन, पीडितको हातमा पुग्नुपर्छ । दुर्गम क्षेत्रमा औषधि, खाद्यान्न, खानेपानी र अस्थायी आवास तत्काल पु¥याउनुपर्छ । राहत वितरणमा कुनै पनि किसिमको राजनीतिक पहुँच, पक्षपात वा ढिलासुस्ती स्वीकार्य छैन । विपत्तिको पीडा सबै नागरिकको साझा पीडा हो । कहीँकतै विभेद भयो भने त्यो प्रशासनिक कमजोरी मात्र नभएर मानवीय संवेदनामाथिकै प्रहार हुनेछ । यो दोषारोपण गर्ने समय होइन । यो जस लिने होडबाजी गर्ने समय पनि होइन । यो राष्ट्रिय एकताको परीक्षा हो ।

- ADVERTISEMENT -

Advertisement

सरकार, प्रतिपक्ष, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र आमनागरिक सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ । विदेशमा रहेका नेपाली समुदायले पनि सहयोग रकम, राहत सामग्री वा प्राविधिक सहयोगमार्फत् योगदान दिन सक्छन् । विगतका विपत्तिमा देखिएको अनुदार सोच र ढिलासुस्ती यसपटक दोहोरिनु हुँदैन । उदार दृष्टिकोणसहित सहजीकरण गर्ने नीति अपनाउनुपर्छ । समयले कसैलाई पर्खिंदैन त्यसैले महाभूकम्प र कोभिडको महामारीमा जस्तो मौका नगुमाऔँ । विपत्तिले समाजको चरित्र देखाउँछ । आज नेपाललाई विभाजित आवाज होइन, एकीकृत शक्ति चाहिएको छ । आश्वासन होइन, परिणाम चाहिएको छ । कागजी योजना होइन, प्रभावित नागरिकसम्म पुग्ने उद्धार र राहत चाहिएको छ । त्यसैले अहिले राज्यका सबै संयन्त्रले एउटै लक्ष्यमा साथ ज्यान बचाउने, घाइतेको उपचार गर्ने, पीडितलाई राहत दिने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पु¥याउने काम गर्नुपर्छ । यही नै विपत्तिमा परेका नेपालीप्रतिको सच्चा सम्मान र राष्ट्रिय एकताको वास्तविक परिचय हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45