चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भरतपुर महानगर कमिटी चितवनको नेतृत्वमा सोगराज रिजाल चयन भएका छन् । नेकपा एस महानगर कमिटीको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट रिजालको नेतृत्वमा ८३ सदस्यीय कमिटी चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा बसन्ती श्रेष्ठ, सचिवमा कोपिला उपरकोटी, उपसचिवद्वय शोभाकान्त पोखरेल र शिवबहादुर रानाभाट छनोट भएका छन् ।
- ADVERTISEMENT -

यस्तैगरी सदस्यहरुमा भरतपुर–१० बाट भविलाल सापकोटा, लक्ष्मी लामिछाने, रोशन पौडेल, संजिता थापामगर, भरतपुर–५ बाट गीता रेग्मी, बालकुमारी खड्का, सुमित्रा लामिछाने, ईश्वरी पंगेनी, भरतपुर–२६ बाट भीमकला चौधरी, उर्मिला महतो, सिखराम महतो, भरतपुर–१२ बाट इन्द्रराम अधिकारी, जगत पौडेल, निर्मला तिवारी, धनमाया कानुचा, सरोज परिवार, भरतपुर–७ बाट सुशीला आचार्य, सरस्वती रानाभाट, हेमलाल रेग्मी छनोट भएका छन् ।
त्यस्तै, भरतपुर–२७ बाट आशाराम महतो, हेमकुमारी महतो, वडा नं. ८ बाट झुमादेवी सुवेदी, भरतपुर–२१ बाट ज्ञानबहादुर तामाङ, हरि चन्द, जीवनकुमार खड्का, मंगल तामाङ, सृजना सुनार, भरतपुर–२३ बाट रामनाथ भण्डारी, विनोद विक, भरतपुर–९ बाट हरिप्रसाद लोहनी, राकेश भण्डारी, मोतिलाल गैरे, भरतपुर–१९ बाट राजु लम्साल, भरतपुर–२० बाट गणेश तामाङ, विनोद महतो, कमला परियार छानिएका हुन् ।
अन्य थप सदस्यहरु पहिलो बैठकको निर्णयले चयन गर्नेछ र बाँकी रहेका वडाबाट थप गरी कमिटीलाई पूर्णता दिइने नवनिर्वाचित अध्यक्ष रिजालले जानकारी दिए ।


















































