चितवन / मेघौलीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गैंडाको आक्रमणमा परी भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जंगे कुमालको मृत्यु भएको हो ।
कुमाललाई आइतबार साँझ आठ बजेतिर मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।
- ADVERTISEMENT -

उनी माछा मार्न खोलामा गएका बेला घटना भएको डिएसपी खनालले बताए । आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । चिकित्सकले राति नौ बजे जंगेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।