२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वमन्त्री डिपी विरुद्ध मानव तस्करीको उजुरी दर्ता

प्रकाशित मिति : २०८२ असार १७ गते
file photo

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री डिपी अर्यालविरुद्ध भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोपमा छानबिन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता युवराज पौडेल (सफल) ले सांसद अर्यालले नै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई प्रमुख आधार बनाउँदै यो उजुरी दर्ता गराएका हुन् ।

गत असार १५ गते प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद अर्यालले आफू ‘सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.ली.’ को सञ्चालक रहेको र आफ्नो कम्पनीमार्फत वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्वीकारेका थिए । संसदीय रोस्ट्रममा दिइएको यही विवादास्पद अभिव्यक्तिले अहिले उनलाई कानुनी र नैतिक संकटमा पारेको हो ।

- ADVERTISEMENT -

Advertisement

अभियन्ता सफलले सोमबार प्रधानमन्त्री कार्यालयमा दर्ता गराएको उजुरीमा भनिएको छ, ‘भिजिट भिसाको आवरणमा ‘सेटिङ’ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकलाई विदेश पठाउने गिरोह सक्रिय रहेको र हजारौँ नागरिक अलपत्र परेको तथ्य सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा सांसद अर्यालको कम्पनीले मात्रै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर नागरिक पठाएको दाबी विश्वसनीय हुन सक्दैन ।’

उजुरीमा सांसद अर्यालको कम्पनी ‘सुमिरे टुर्स एण्ड ट्राभल्स’ मार्फत हालसम्म जापान वा अन्य मुलुकमा पठाइएका सम्पूर्ण नागरिकको विवरण, उनीहरूको कागजातको वैधानिकता र समग्र प्रक्रियामाथि गहन अनुसन्धान गर्न माग गरिएको छ । साथै, अनुसन्धानबाट दोषी ठहरिएमा सांसद अर्याल तथा कम्पनीका अन्य सञ्चालकहरूलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार हदैसम्मको कारबाही गर्नुपर्ने जिकिर गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89