Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२०औँ एसियाली खेलकुदः सात खेलमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी

प्रकाशित मिति : २०८३ आश्विन ७ गते
AI / newsprabah

काठमाडौँ / जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज (बुधबार) सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ ।

नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ ।

आज चिनियाँ ताइपेईलाई हराउनसके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ । महिला कबड्डीसँगै आज नेपालका खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन । नेपालबाट प्रतियोगितामा २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42