२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

भीषण बाढीले बनेपा–नाला–ताथली सडकखण्ड पुनः अवरुद्ध

प्रकाशित मिति : २०८२ असार २३ गते
File photo.

भक्तपुर / अरनिको राजमार्गको भरपर्दो वैकल्पिक मार्गका रूपमा रहेको बनेपा–नाला–ताथली सडकखण्ड पुनः अवरुद्ध भएको छ । शुक्रबार राति भाँचिएको पुलको स्थानमा अस्थायी रूपमा राखिएको ह्युमपाइप आइतबार साँझको भीषण बाढीले बगाएपछि राजधानीको पूर्वी नाकाबाट हुने आवतजावत फेरि प्रभावित बनेको हो ।

स्थानीयका अनुसार शनिबार राति एक मालवाहक गाडी पार गरेलगत्तै वि।सं। २०३७ मा निर्मित उक्त पुल भाँचिएको थियो । करिब ४५ वर्ष पुरानो र जीर्ण अवस्थामा रहेको पुल भाँचिएपछि पूर्ण रूपमा अवरुद्ध सडक खुलाउन आइतबार हतारमा ह्युमपाइप राखेर अस्थायी संरचना बनाइएको थियो । तर, त्यो कमजोर प्रयास पनि २४ घण्टा नबित्दै निरर्थक साबित भयो जब आइतबार साँझ परेको अविरल वर्षापछिको बाढीले ह्युमपाइप नै बगाएर सडकलाई क्षतविक्षत बनायो ।

- ADVERTISEMENT -

Advertisement

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तार कार्य जारी रहेकाले यो सडकखण्डमा सवारीको चाप अत्यधिक बढेको थियो । विगत दुई वर्षदेखि काठमाडौंबाट मध्यपूर्व क्षेत्रतर्फ बाहिरिने र राजधानी भित्रिने हजारौँ साना तथा ठूला सवारी साधनले यही वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। सडक पुनः अवरुद्ध हुँदा हजारौँ यात्रु र ढुवानी व्यवसायी पुनः मर्कामा परेका छन् भने अरनिको राजमार्गमा थप जामको समस्या बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61