काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
- ADVERTISEMENT -

उनका सचिवालयका अनुसार अस्पतालमा जाँच गरेपछि चिकित्सकहरूले उनलाई निमोनिया भएको शङ्का गरेका छन् ।
चिकित्सकहरूको सल्लाहमा नै उनलाई मेडिसिटीमै भर्ना गरिएको बताइएको छ ।
- ADVERTISEMENT -

उनी अस्वस्थ भएकाले नै (हिजो) शुक्रवार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी थिएनन् ।









































