काठमाडौं / पाकिस्तानको बलुचिस्तानस्थित झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ जना यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या गरेका छन् ।
बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई बसका यात्रुलाई बाहिर निकाले गोली हानिउको बीबीसी उर्दूले जनाएको छ ।
- ADVERTISEMENT -

समाचारअनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले मृतकहरूको शव पञ्जाब पठाउने व्यवस्था गरिएको बताए ।

















































