२०८३ भाद्र २४, बुधबार
September 9, 2026
२०८३ भाद्र २४, बुधबार
September 9, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रसङ्घको ८१औँ महासभा : मुख्य एजेण्डा विश्व शान्ति र जलवायु परिवर्तन

प्रकाशित मिति : २०८३ भाद्र २४ गते
AI / newsprabah

न्युयोर्क / संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ ।

‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढङ्गबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, बहुपक्षीय हितका लागि राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे ।

महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसङ्घको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए ।

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औँ महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ । यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

नियोगले राष्ट्रसङ्घीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकामा बङ्गलादेशी कूटनीतज्ञसमेत रहेका रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ । यसैबीच, मङ्लबार नेपालका तर्फबाट राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरेको छ ।

थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकन मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन् । कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्दै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85