२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

विमानस्थलका कर्मचारी अब झर्किन नपाइने, यात्रुलाई भन्नैपर्ने ‘ह्याभ अ नाइस जर्नी’

प्रकाशित मिति : २०८२ असार २८ गते

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीको व्यवहार र सेवा प्रवाहलाई लिएर लामो समयदेखि उठ्दै आएको गुनासो सम्बोधन गर्न महत्त्वपूर्ण कदम चालेको छ । कार्यालयले विमानस्थलमा कार्यरत आफ्ना कर्मचारीहरूका लागि शुक्रबारदेखि ‘नैतिक संहिता’ लागू गर्दै सेवालाई मर्यादित, शिष्ट र यात्रुमैत्री बनाउने उद्घोष गरेको हो ।

नेपालको पहिलो प्रभाव झल्काउने अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीहरूको रुखो र अभद्र व्यवहारका कारण मुलुकको छविमा नै नकारात्मक असर परेको भन्दै निरन्तर आलोचना हुँदै आएको थियो । विशेषगरी वैदेशिक रोजगारीमा जाने र फर्कने युवाहरूले अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो बारम्बार सुनिन्थ्यो । यही पृष्ठभूमिलाई चिर्न कार्यालयले यात्रुसँगको संवाद र व्यवहारलाई अनुशासित बनाउन कडा निर्देशन जारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

के छन् नैतिक संहिताका मुख्य प्रावधान ?
कार्यालयले जारी गरेको नैतिक संहिताले कर्मचारीको बोलीचालीदेखि व्यवहारसम्मका लागि स्पष्ट मापदण्ड तोकेको छ –

अनिवार्य अभिवादन– विदेशबाट आउने यात्रुलाई कम्तीमा ‘वेलकम टु नेपाल’ वा ‘ह्याभ अ नाइस डे’ भन्नुपर्नेछ भने नेपालबाट बाहिरिनेलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्दै सम्मानपूर्वक बिदाइ गर्नुपर्नेछ।

शिष्ट संवाद– यात्रुसँग अनावश्यक र धेरै प्रश्न सोध्न पाइने छैन। सोधिने प्रश्नहरू संक्षिप्त, सान्दर्भिक र मर्यादित हुनुपर्नेछ।

श्रमिकप्रति सम्मान– खाडी मुलुकलगायतका देशमा श्रम गर्न जानेहरूसँग सम्मानजनक शब्द प्रयोग गर्नुपर्ने र बोलीमा मिठास झल्काउनुपर्ने निर्देशन छ।

रुखो व्यवहारमा प्रतिबन्ध– कुनै पनि हालतमा यात्रुसँग रुखो व्यवहार वा झर्कोफर्को गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

यो संहिता केवल कागजी निर्देशनमा मात्र सीमित नहोस् भनेर कार्यालयले अनुगमनको एक विशेष प्रणाली पनि विकास गरेको छ । विमानस्थलमा रहेका १५ वटा हेल्प डेस्क मार्फत ‘एक्जिट सर्भे प्रणाली’ सञ्चालन गरिनेछ ।

यस प्रणालीमार्फत यात्रुहरूले कर्मचारीको व्यवहारबारे आफ्नो अनुभव, प्रतिक्रिया वा गुनासो गोप्य रूपमा दर्ता गराउन सक्नेछन् । यही प्रतिक्रियाका आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गरिने र संहिता उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइने कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37