धनगढी / धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै रहेको हेलेन ट्रेड सप्लायर्समा आगलागी भएको छ ।
स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरहरूमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार राति १० बजेर ५० मिनेटमा बिजुलीको तार सर्ट भएर आगो लागेको हो भने मध्यराति १२ बजे नियन्त्रणमा लिइएको थियो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

















































