Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुनसरीमा बर्डफ्लु फैलिँदै, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र

प्रकाशित मिति : २०८२ चैत्र १२ गते
File photo.

सुनसरी / सुनसरीमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा ८ वटा कृषि फार्म प्रभावित भएका छन् । संक्रमण फैलिएसँगै नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र पारिएको छ ।

इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहबी नगरपालिका र गढी गाउँपालिका का एक–एक फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यालय प्रमुख डा।मनोज कुमार महतोका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा मात्र ११,०२० कुखुरा र ११,३०० अण्डा नष्ट गरिएको छ ।

यसबाहेक विभिन्न फार्महरूमा सयौँदेखि हजारौँसम्म कुखुरा नष्ट गरिएका छन् । प्रभावितमध्ये इटहरी, दुहबी र गढीका फार्महरूमा संक्रमण पुष्टि भइसकेको छ भने अन्य स्थानमा पनि जोखिम बढेको छ ।

महतोले फार्म सञ्चालकहरूले हालसालै बाहिरबाट कुखुरा नल्याएको बताए पनि अण्डा र दाना ओसारपसार गर्ने सवारी साधनमार्फत संक्रमण फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। यसले बर्डफ्लु फैलावटमा ढुवानी प्रणाली नै प्रमुख जोखिम बन्न सक्ने संकेत गरेको छ ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको छ भने पंक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ । साथै संक्रमित फार्महरूमा खोर सफाइ, डिसइन्फेक्सन र निगरानी अभियान सञ्चालन भइरहेको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न पाइने छैन। यदि सो अवधिमा पुनः संक्रमण नदेखिए मात्र पुनः उत्पादन सुरु गर्न अनुमति दिइने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98