निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशका अधिकांश भागमा वर्षा, छोएन मधेशमा

प्रकाशित मिति : २०८२ श्रावण १२ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुन सक्रिय बन्दा अधिकांश भू(भाग जलमग्न भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षाको प्रभाव देखिएको छ, तर वर्षाको वितरण भने असमान रहेको छ। एकातिर पहाडी जिल्लाहरूमा मुसलधारे वर्षा भइरहेको छ भने अर्कोतिर सुक्खा र खडेरीको मार खेपिरहेको मधेश प्रदेशमा अझै पनि आकाश खुलेर बर्सन सकेको छैन।

मौसमविद् डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत स्थानमा भए पनि बंगालको खाडीबाट आएको प्रशस्त जलवाष्पका कारण नेपालमा भारी वर्षा भइरहेको हो। पछिल्लो १२ घण्टाको तथ्यांक हेर्दा मधेश र सुदूरपश्चिमका केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ भने बाँकी प्रदेशका अधिकांश स्थानमा निरन्तर वर्षा जारी छ।

- ADVERTISEMENT -

Advertisement

सिन्धुपाल्चोकमा सर्वाधिक वर्षा
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार, गत १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा रेकर्ड गरिएको छ। त्यहाँ १२३.४ मिलिमिटर वर्षा मापन भएको छ, जसले त्यस क्षेत्रको खोलानालामा पानीको बहाव बढाएको छ।

आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा पनि अविरल वर्षा भइरहेको छ। नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, र सुन्दरीजलमा ३० मिलिमिटर वर्षा भएको छ। त्यसैगरी, ललितपुरको टिकाथलीमा १८ मिलिमिटर र भक्तपुरमा १८ मिलिमिटर वर्षा मापन गरिएको छ, जसका कारण उपत्यकाको जनजीवन प्रभावित बनेको छ।

- ADVERTISEMENT -

Advertisement

मधेशमा हल्का वर्षा
देशका अन्य भागमा भारी वर्षा भइरहँदा, खडेरीको चपेटामा परेको मधेश प्रदेशका किसानहरू भने अझै आकाशतिर हेरिरहेका छन्। पछिल्लो १२ घण्टामा सप्तरीको रुपनीमा मध्यम वर्षा भए पनि सिरहा, सर्लाही, बारा र रौतहट जस्ता जिल्लामा हल्का वर्षा मात्रै भएको छ।

मौसमविद्हरूले आगामी दिनमा मधेशमा वर्षाको मात्रा बढेर मध्यम स्तरसम्म पुग्नसक्ने अनुमान गरे पनि धान रोपाइँका लागि त्यो पानी पर्याप्त नहुने बताएका छन्। यसले यस वर्ष मधेशमा धान उत्पादनमा कमी आउन सक्ने चिन्ता बढाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48