Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुडिरहेको ईभी हाइसमा अचानक आगलागी

प्रकाशित मिति : २०८३ आश्विन ४ गते

काठमाडौं / बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।

कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बर्दियाको बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा बिहान करिब ६ः५० बजे गुडिरहेको अवस्थामा हाइसमा एक्कासी आगो सल्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

- ADVERTISEMENT -

Advertisement

‘कोहलपुरबाट कैलाली जाँदै गरेको ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो,’ डीएसपी बोहराले भने, ‘गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति हुन पाएन ।’

उक्त हाइस कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । गाडीमा चालक र सहचालकबाहेक अन्य यात्रु नरहेकाले ठूलो दुर्घटना र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गाडीमा रहेका सवारी कागजात तथा नगद ४२ हजार रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले जानकारी दिए ।

आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नभएको र सडक नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51