२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नापतौल ठगी गर्ने दुई हजारभन्दा बढीलाई कारबाही

प्रकाशित मिति : २०८२ श्रावण १६ गते

काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ ।

सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।

कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रुपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौलयन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याएको बताए ।

प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिइ बढी रकम लिने गरेको गुनासोका आधारमा कानुनबमोजिम कारबाही गरिएको हो ।

सो अवधिमा दुई हजार ६३० व्यावसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत दखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ ।

पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा उक्त कार्यालयले रु ४० लाख ६७ हजार दुई ४२ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, डोरको अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89