Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सहकारीको समस्या हल गर्न प्रयत्नरत छौं – मन्त्री पौडेल

प्रकाशित मिति : २०८२ भाद्र ११ गते

– बबिलाल तामाङ
चितवन । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारीमा देखिएका समस्या हल गर्न सरकार प्रयत्नरत रहेको बताएकी छन् । समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने उनले बताइन् ।

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गरिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन कार्यक्रममा मन्त्री पौडेलले सो बताएकी हुन् । बखानसिंहले सहकारीमा दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताउँदै लेखक पराजुलीको ‘बखान’ कृतिबाट उनको योगदानको कदर भएको उनले बताइन् ।

उनले बखानसिंह सहकारीको अपूर्ण भवनलाई पूर्णता दिन बागमती प्रदेशसँग बजेटको लागि पहल गर्ने विश्वाससमेत दिलाइन् । उनले बजेटका लागि मन्त्रालयमा प्रपोजल पेस गर्न अनुरोध गर्दै बागमती प्रदेशबाट हुन सक्ने सहयोग र परामर्शमा जोड दिइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा चन्द्रध्वज गुरूङले नेपालको इतिहासलाई बखान उपन्यासबाट औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको बताए  । नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरूङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्ति भएको बताए । बखानको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51