२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सहकारीको समस्या हल गर्न प्रयत्नरत छौं – मन्त्री पौडेल

प्रकाशित मिति : २०८२ भाद्र ११ गते
- ADVERTISEMENT -

– बबिलाल तामाङ
चितवन । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारीमा देखिएका समस्या हल गर्न सरकार प्रयत्नरत रहेको बताएकी छन् । समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने उनले बताइन् ।

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गरिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन कार्यक्रममा मन्त्री पौडेलले सो बताएकी हुन् । बखानसिंहले सहकारीमा दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताउँदै लेखक पराजुलीको ‘बखान’ कृतिबाट उनको योगदानको कदर भएको उनले बताइन् ।

उनले बखानसिंह सहकारीको अपूर्ण भवनलाई पूर्णता दिन बागमती प्रदेशसँग बजेटको लागि पहल गर्ने विश्वाससमेत दिलाइन् । उनले बजेटका लागि मन्त्रालयमा प्रपोजल पेस गर्न अनुरोध गर्दै बागमती प्रदेशबाट हुन सक्ने सहयोग र परामर्शमा जोड दिइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा चन्द्रध्वज गुरूङले नेपालको इतिहासलाई बखान उपन्यासबाट औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको बताए  । नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरूङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्ति भएको बताए । बखानको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88