२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

तीन प्रदेशमा आज भारी वर्षा हुने : मौसम

प्रकाशित मिति : २०८२ भाद्र ११ गते
File photo

काठमाडौं / मनसुनको न्यून चापीय रेखा सरदर स्थानको हाराहारीमा रहँदा देशभर मनसुनी प्रभाव सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज (बुधबार) दिउँसो र राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा विशेषगरी तीन प्रदेशमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

महाशाखाले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान बुलेटिन अनुसार, हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ ।

महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी नाला तथा खहरे खोलामा पानीको बहाव बढ्न सक्ने, भू(क्षय हुन सक्ने, पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । बदलिँदो मौसमबारे अद्यावधिक जानकारी लिन पनि सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20