२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज नवरात्रको पाँचौं दिन : देवी स्कंदमाताको महिमा र पूजा

प्रकाशित मिति : २०८२ आश्विन ११ गते

काठमाडौं / आश्विन शुक्ल पञ्चमी, अर्थात् नवरात्रको पाँचौं दिन, जगदम्बाको पाँचौं स्वरूप स्कन्दमाताको पूजा आराधना गरिन्छ । पहाडमा बसेर संसारका समस्त जीवहरूमा नवचेतना प्रदान गर्ने यी देवीको उपासनाले भक्तजनका सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ ।

स्कन्दमाताको स्वरूप अत्यन्त मनमोहक र शान्त छ । कमलको फूलमाथि विराजमान हुने भएकाले उहाँलाई ‘पद्मासना देवी’ पनि भनिन्छ । उहाँको वर्ण सेतो छ र उहाँ आफ्ना सुपुत्र स्कन्दकुमार ९भगवान् कार्तिकेय० लाई काखमा लिएर रहनुहुन्छ। स्कन्दकुमारको माता भएकाले उहाँलाई स्कन्दमाता भनिएको हो ।

- ADVERTISEMENT -

Advertisement

देवी भागवत पुराणका अनुसार, स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुनुहुन्छ । उहाँको उपासना गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने गर्दछन् । स्कन्दमाता चतुर्भुजा हुनुहुन्छ । दाहिनेतर्फको माथिल्लो भुजाले स्कन्दकुमारलाई समाउनुभएको छ भने तल्लो भुजा मास्तिर उठेको अवस्थामा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा र तल्लो भुजामा पनि कमल पुष्प शोभायमान छ । सिंह उहाँको वाहन हो ।

स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ। यो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ । उहाँको उपासनाले भक्तका सबै इच्छा पूरा भई मोक्ष प्राप्त हुन्छ । मनलाई एकाग्र र पवित्र राखी ‘ॐ देवी स्कन्दमातायै नमः’ मन्त्रको उच्चारण गरी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दा कुनै कठिनाइ आउँदैन भन्ने शास्त्रमा उल्लेख छ ।

पौराणिक कथाअनुसार, तारकासुरले कठोर तपस्या गरी ब्रह्माजीबाट शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । यो वरदान पाएपछि तारकासुरले तीनै लोकलाई त्रसित बनायो र स्वर्गबाट सबै देवताहरूलाई भगाई राज गर्न थाल्यो ।

सतीदेवीको देहत्यागपछि भगवान् शिवजी गहन ध्यानमा लीन हुनुभएको थियो । सतीदेवीले पार्वतीको रूपमा हिमालय पर्वतमा पुनः जन्म लिएपछि पनि शिवजीले आफ्नो योग र साधना त्याग गर्नुभएन । माता पार्वतीले ब्रह्मचारिणीको रूप धारण गरी शिवजीलाई स्वामीका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो ।

पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरी पार्वतीसँग विवाह गर्नुभयो। महादेव र पार्वतीको सन्तान स्वरूप कुमार कार्तिकेयको जन्म भयो र पछि उनै कार्तिकेयले तारकासुरको वध गरी तीनै लोकलाई तारकासुरको आतंकबाट मुक्त गराएका थिए । स्कन्दमाताको स्वरूपले यसै मातृत्व र वीरताको संयोजनलाई प्रतिविम्बित गर्दछ ।

स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्था मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य(मान्यतासँग निरन्तर सङ्घर्ष गर्न आवश्यक आत्मबल पनि प्राप्त हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45