२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

नेपालले वेस्ट इन्डिजलाई फराकिलो ९० रनले हराए, एक खेलअगावै जित्यो शृंखला

प्रकाशित मिति : २०८२ आश्विन १४ गते
File photo.

काठमाडौं / नेपाली क्रिकेट टोलीले युएईमा जारी युनिटी कप टी–२०आई शृंखलामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । सोमबार भएको खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले एक खेलअगावै शृंखला जितेको हो ।

नेपालले प्रस्तुत गरेको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ले १७ ओभर १ बलमा मात्र ८३ रनमा अलआउट हुन पुग्यो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

- ADVERTISEMENT -

Advertisement

वेस्ट इन्डिजको ब्याटिङ क्रमलाई ध्वस्त पार्ने क्रममा नेपाली युवा स्पीनर आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । कुशल भुर्तेलले ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको विशाल योगफल तयार पारेको थियो । नेपालको इनिङ्समा ओपनर आसिफ शेख र युवा ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरे । आसिफ शेखले संयमित ब्याटिङ गर्दै ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले आक्रामक रूपमा ३९ बलमा ६३ रन जोडे ।

- ADVERTISEMENT -

Advertisement

एक समय ४३(३ को कमजोर अवस्थामा रहेको नेपालको इनिङ्सलाई आसिफ र जोराले चौथो विकेटका लागि १०० रनको सानदार साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याएका थिए । वेस्ट इन्डिजका कप्तान अकिल होसेनले २ विकेट लिँदा काइल मेयर्स र जेदिया ब्लेड्सले १(१ विकेट लिएका थिए ।

यस जितसँगै नेपालले टेस्ट राष्ट्रविरुद्धको पहिलो ऐतिहासिक शृंखला जित्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा आफ्नो बलियो उपस्थिति देखाएको छ । यसअघि पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11