२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विभिन्न स्थानमा पहिरो, धादिङतर्फ जाने सवारीसाधनलाई काठमाडौं फिर्ता

प्रकाशित मिति : २०८२ आश्विन १८ गते
file photo.

काठमाडौं / लगातारको वर्षाका कारण धादिङको बेनीघाट रोराङस्थित जवाङखोलामा पहिरो खसेपछि नागढुंगा(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीले यात्रुवाहक तथा मालबाहक सवारीका चालक र सहचालकलाई अगाडि नबढ्न र सुरक्षित रहन काठमाडौं फर्कनका लागि माइकिङमार्फत आग्रह गरिरहेको छ ।

आज बिहानैदेखि सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन तथा यात्रुहरू अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, बिहान २ बजेतिर बेनीघाट रोराङ(१० स्थित जवाङखोलामा पहिरो खसेर राजमार्ग बन्द भएको थियो । त्यसलगत्तै स्थानीयबासिन्दा, यात्रु र प्रहरीको सक्रियतामा बाटो खुलाइए पनि बिहान करिब ६ बजे पुनः माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले माइकिङ गर्दै चालक तथा सहचालक महानुभावहरूलाई सम्बोधन गर्दै भनेको छ, ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालकरसहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं ।’

धादिङ र तनहुँका अन्य जोखिमयुक्त सडक खण्डमा पनि बिहान ६ बजेबाट गाडी चलाउन रोकिएको जानकारी प्रहरीले दिएको छ । सडक विभाग र सुरक्षाकर्मीको टोली पहिरो हटाउने प्रयासमा जुटेको भएपनि लगातारको वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको बुझिएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने प्रतीक्षा गर्न अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45