२०८३ भाद्र २३, मंगलवार
September 8, 2026
२०८३ भाद्र २३, मंगलवार
September 8, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढीपीडितको उद्धार र राहतमा जुट्न रामेश्वर टोलको अपिल

प्रकाशित मिति : २०८३ भाद्र २३ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ स्थित रामेश्वर टोल विकास संस्थाले रसुवाको केरुङ–टिमुरे आसपासमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न अपिल गरेको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भदौ १० गते बिहान करिब ९ बजे नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको केरुङ–टिमुरे आसपासमा चीनको तिब्बती भूभागबाट आएको बाढीका कारण ठूलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्तिमा रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, बाढी तथा विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

अध्यक्ष श्रेष्ठले विपद्मा परी घाइते भएकाहरूको उपचारमा तत्काल तदारुकता देखाउन तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह समेत गरे ।

त्यस्तै, प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत संकलन, राहत वितरण तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन संस्थाका सदस्यहरू तथा भरतपुर–२, क्षेत्रपुर क्षेत्रमा बसोबास गर्ने व्यवसायी, घरधनी तथा शुभचिन्तकहरूलाई सहयोगमा जुट्न आग्रह गरिएको छ ।

विपद्को कठिन र दुःखद् घडीमा प्रभावित नागरिक तथा समुदायको सहयोगका लागि सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी, नागरिक समाज तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न संस्थाले अपिल गरेको छ ।

“विपद्को यस घडीमा सबै एकजुट भई मानवीय भावना, सहयोग, संयम र सहकार्यका साथ प्रभावित नागरिकको जीवन रक्षा तथा पुनःस्थापनामा योगदान पुर्‍याऔँ,” विज्ञप्तिमा उल्लेख छ ।

रामेश्वर टोल विकास संस्था, भरतपुर–२, क्षेत्रपुरले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा सबैलाई सक्रिय हुन आग्रह गर्दै बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.34
176.03
UK Pound Sterling
1
204.23
205.04
Swiss Franc
1
186.51
187.26
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
109.15
109.58
Singapore Dollar
1
119.18
119.65
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
11.21
11.26
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.71
493.66
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45