Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढीपीडितको उद्धार र राहतमा जुट्न रामेश्वर टोलको अपिल

प्रकाशित मिति : २०८३ भाद्र २३ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ स्थित रामेश्वर टोल विकास संस्थाले रसुवाको केरुङ–टिमुरे आसपासमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न अपिल गरेको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भदौ १० गते बिहान करिब ९ बजे नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको केरुङ–टिमुरे आसपासमा चीनको तिब्बती भूभागबाट आएको बाढीका कारण ठूलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्तिमा रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, बाढी तथा विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

अध्यक्ष श्रेष्ठले विपद्मा परी घाइते भएकाहरूको उपचारमा तत्काल तदारुकता देखाउन तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह समेत गरे ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत संकलन, राहत वितरण तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन संस्थाका सदस्यहरू तथा भरतपुर–२, क्षेत्रपुर क्षेत्रमा बसोबास गर्ने व्यवसायी, घरधनी तथा शुभचिन्तकहरूलाई सहयोगमा जुट्न आग्रह गरिएको छ ।

विपद्को कठिन र दुःखद् घडीमा प्रभावित नागरिक तथा समुदायको सहयोगका लागि सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी, नागरिक समाज तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न संस्थाले अपिल गरेको छ ।

“विपद्को यस घडीमा सबै एकजुट भई मानवीय भावना, सहयोग, संयम र सहकार्यका साथ प्रभावित नागरिकको जीवन रक्षा तथा पुनःस्थापनामा योगदान पुर्‍याऔँ,” विज्ञप्तिमा उल्लेख छ ।

रामेश्वर टोल विकास संस्था, भरतपुर–२, क्षेत्रपुरले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा सबैलाई सक्रिय हुन आग्रह गर्दै बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42