Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालद्वारा त्यागपत्र

चितवन क्षेत्र नं ३ मा गराइन् उमेदवारी दर्ता
प्रकाशित मिति : २०८२ माघ ६ गते

चितवन / भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले आज (मंगलबार) राजीनामा दिएकी छन् । राजीनापत्र उपमेयर चित्रसेन अधिकारीलाई बुझाउँदै रेनु दाहालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं ३ मा उमेदवारी दर्ता गराएकी छन् । उनले सांसद् बनेर चितवन ३ को मुहार फेर्ने सपना देखेकी छन् ।

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने पनि भरतपुरको मुहार फेरेर बिदा भएकी उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्यो ।

- ADVERTISEMENT -

Advertisement

उनले फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उनलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन् । वर्षातको समयमा रातमा निदाउन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ ।

आफूलाई भरतपुरको मायाले काठमाडौँ बस्न नदिएको भन्दै उनले भनिन्, “न त निजी काममा रमाए नै, सारा समय नै भरतपुरको उन्नती, प्रगति, समृद्धि र विकासका लागि खर्चिएकामा मलाई गर्वको अनुभूति हुने गरेको छ ।” यी पलहरू आफ्नो जीवनमा सधैँ स्वर्णिम रहने उनको विश्वास छ । उनले थपिन्, “बदलिएको भरतपुर, विकसित भरतपुर, समृद्ध, हरियाली र उज्यालो भरतपुर आज हामीले पाएका छौँ ।”

महानगरपालिकामा बितेका नौ वर्षमा एक हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । उनले भनिन्, “पूर्वपश्चिम राजमार्ग भन्दा लामो सडक हामीले भरतपुरमा कालोपत्रे गरेका छौँ”, उनले थपिन्, “अनि हामीले सडक मात्रै कहाँ बनायौँ र ? सडक बत्तीहरू राख्यौँ, झिलिमिली बनायौँ, अँध्यारो हटायौँ । डर हटायौँ । भरतपुरवासीको आत्मविश्वास जगायौँ ।”

भरतपुर महानगरपालिकाले बितेको नौ वर्षमा आफूलाई सुशासन र आर्थिक पारदर्शीता कायम राख्ने काम गरेको छ । न्यून बेरुजु र शून्य बेरुजु बनाउने तथा कार्यसम्पादनमा देशभरीका महानगरपालिकाका मध्ये भरतपुर उत्कृष्ट बन्न सफल भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान भरतपुरले प्राप्त गर्न सफल भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05