Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान श्रम संकटको चपेटामा, विदेशी कामदारको संख्या २६ लाख नजिक

प्रकाशित मिति : २०८२ माघ १७ गते
file photo.

टोकियो / जापानमा विदेशी कामदारको संख्याले पुनः नयाँ उचाइ चुमेको छ । जापान सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, गत अक्टोबर महिनाको अन्त्यसम्ममा विदेशी कामदारको संख्या २५ लाख ७१ हजार ३७ पुगेको छ । यो संख्या जापानको इतिहासमै अहिलेसम्मकै उच्च हो ।

जापानमा चुलिँदो श्रम संकटका कारण विदेशी जनशक्तिको माग बढ्दै जाँदा लगातार १३ औँ वर्ष विदेशी कामदारको संख्यामा नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो वर्षको तुलनामा यो संख्यामा ११.७ प्रतिशतले वृद्धि भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार विदेशी कामदार नियुक्त गर्ने कार्यस्थलको संख्यामा पनि ८.५ प्रतिशतले वृद्धि भई ३ लाख ७१ हजार २१५ पुगेको छ । कुल कार्यस्थलमध्ये ६३.१ प्रतिशत त ३० जनाभन्दा कम कर्मचारी भएका साना व्यवसायहरू रहेका छन् । यसले जापानका साना तथा मझौला उद्योगहरू विदेशी कामदारमा बढी निर्भर रहेको देखाउँछ ।

- ADVERTISEMENT -

Advertisement

कुन क्षेत्रमा कति कामदार ?
क्षेत्रगत रूपमा ‘म्यानुफ्याक्चरिङ’ (उत्पादन) क्षेत्रमा सबैभन्दा बढी ६ लाख ३५ हजार ७५ जना विदेशी कामदार कार्यरत छन्, जुन कुल संख्याको २४।७ प्रतिशत हो । यस्तै, सेवा क्षेत्र (खानपान बाहेक) मा ३ लाख ९१ हजार ९४६ जना कार्यरत छन् ।

तथ्यांकअनुसार चिकित्सा र कल्याणकारी (मेडिकल एन्ड वेलफेयर) क्षेत्रमा विदेशी कामदारको संख्या सबैभन्दा तीव्र गतिमा बढेको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा २५.६ प्रतिशतको वृद्धि देखिएको छ । श्रम अभाव भएका उद्योगहरूका लागि लक्षित ‘स्पेसिफाइड स्किल्ड वर्कर’ भिसा वाहकहरूको संख्यामा पनि ३८.३ प्रतिशतले वृद्धि भई २ लाख ८६ हजार २२५ पुगेको छ ।

विदेशी कामदारहरूमा भियतनामी नागरिकहरूको हिस्सा सबैभन्दा ठूलो छ। कुल विदेशी कामदारमध्ये २३.६ प्रतिशत (६ लाख ५ हजार ९०६ जना) भियतनामी छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक (४ लाख ३१ हजार ९४९) र तेस्रो स्थानमा फिलिपिनो नागरिक (२ लाख ६० हजार ८६९) रहेका छन् ।

फेब्रुअरी ८ मा हुन गइरहेको जापानको ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ (तल्लो सदन) को निर्वाचनमा विदेशी बासिन्दाहरूको व्यवस्थापन र सामाजिक एकता प्रमुख मुद्दाको रूपमा उठेको छ । विदेशीहरूलाई स्वीकार गर्ने नियमहरूलाई थप कडा बनाउने वा उनीहरूलाई जापानी समाजमा कसरी घुलमिल गराउने भन्ने विषयमा राजनीतिक दलहरूबीच बहस केन्द्रित हुन थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22