२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्रीपरिषद् बैठकव्दारा २३ निर्णय

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते
- ADVERTISEMENT -

काठमाडौं । आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धि सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन सम्बन्धि जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

१६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । 

सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।

यस्ता छन् सरकारका निर्णयहरुः

१६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने 

नेपाललाई ओइसीडी ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एण्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पोजकोसदस्यता लिन स्वीकृति प्रदान गर्ने 

चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रश्तावित  मिलियन अमेरिकी डलरबराबरको नगद अनुदान सहायता स्वीकार गर्ने 

चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्तजलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने 

बीमा ऐन२०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही  किनारा गर्न नेपालका ७७ वटैजिल्ला अदालतलाई तोक्ने 

न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथमश्रेणीको पदमा पदस्थापन गर्ने 

विक्रम संवत २०८३ साल वैशाख  गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने 

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारलेव्यहोर्नेसाथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्धगराउने 

२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा २०८२ फागुन २० गतेदेखि २२गतेसम्म  दिन मुलुकभर सार्वजनिक बिदा दिने 

हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने मस्ट एक्सिलेन्ट अर्डर अफ  ब्रिटिश एम्पायर बीईएमउपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने 

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार गठित यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेशहरूकार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गर्ने 

२०८२ चैत्र २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबीकन्फरेन्समा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृत दिने 

२०८२ फागुन १८  १९ गते भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ विषयक कार्यक्रममा अतिरिक्तमुख्य अनुसन्धान निर्देशक श्री ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने 

नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन  देखि  गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीतारिक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने 

चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौंचक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने 

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई संवत २०८३ साल असार मसान्तसम्मकोलागि निरन्तरता दिने  सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाउ फुकाउनआदेश जारी गर्ने 

न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७० औँ सम्मेलनमा २०८२फागुन २५ देखि चैत  गतेसम्म सहभागी हुन महिलाबालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठनेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने 

२०८२ फागुन  देखि  गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिनिधिसभाको आसन्न निर्वाचन पछि उपयुक्त समयमा आयोजना गर्ने 

नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने  दुई जना महासेनानीको सरुवा गर्ने 

केराबारीन्यु मस्र्याङ्दीदरौँदी करिडोर १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रियवनको वन क्षेत्रको जग्गा प्रयोग गर्न  सो जग्गामा रहेका रुखपोल हटाउन स्वीकृति दिने। 

माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न  सोजग्गामा रहेका रुखपोल हटाउन स्वीकृति दिने  

सेती खोला जलविद्युत आयोजनाको १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न  सो जग्गामा रहेका रुखपोल हटाउन स्वीकृति दिने 

जेनजी परिषद् गठन गर्ने 

नेपाल सरकारका सचिवहरू डारामप्रसाद घिमिरे  डाहरिप्रसाद लम्साललाई अनिवार्य अवकाशकोजानकारी दिने  उहाँहरूले हालसम्म पु¥याउनुभएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाददिने 

नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका  जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88