Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खोटाङमा श्रम संस्कृतिका आरेन विजयी, खोल्यो खाता

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते

काठमाडौं / हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले पहिलो जित निकालेको छ । खोटाङ जिल्लाबाट श्रम संस्कृतिका उम्मेदवार आरेन राई विजयी भएसँगै सङ्घीय संसद्मा आफ्नो ऐतिहासिक खाता खोलेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, श्रम संस्कृति पार्टीका राईले १६ हजार ६१२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यो विजयसँगै श्रम संस्कृति पार्टीले पहिलोपटक प्रतिनिधिसभामा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ । राईका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । विजयी आरेन र एमालेका देवबिक्रम बीच ३ हजार ८९८ को मतान्तर रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरे । वामपन्थी कित्ताका साझा उम्मेदवारका रूपमा देखिएका नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार रुद्र गिरीको पक्षमा ५ हजार ७०४ मत मात्र खस्यो ।

परम्परागत शक्ति र स्थापित दलहरूलाई पछि पार्दै श्रम संस्कृति पार्टीले प्राप्त गरेको यो जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । खोटाङे मतदाताले यसपटक नयाँ शक्ति र नयाँ एजेन्डालाई विश्वास गरेको देखिएको छ । विजयी भएपछि राईले मतदाताको विश्वासलाई कदर गर्दै खोटाङको विकास र श्रम संस्कृतिको प्रवर्द्धनमा आफ्नो कार्यकाल खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67