Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालेन मन्त्रिमण्डलको गृहकार्य तीव्र, गृहमा दुईको प्रतिस्पर्धा

प्रकाशित मिति : २०८२ चैत्र १० गते

काठमाडौं / प्रतिनिधि सभामा स्पष्ट बहुमतसहित जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको अन्तिम तयारी सुरु गरेको छ । यही १३ चैतमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने लक्ष्यसहित रास्वपाले मन्त्रालयको संख्या घटाउने र विज्ञहरूलाई समेटेर छरितो मन्त्रिपरिषद् बनाउने गृहकार्य तीव्र पारेको हो ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोट र मन्त्रालय बाँडफाँटका विषयमा निरन्तर छलफल भइरहेको छ । रास्वपाले आफ्नो चुनावी वाचापत्र अनुसारै संघीय मन्त्रालयको संख्या विद्यमान २५ बाट घटाएर १५ देखि १८ को बीचमा सीमित गर्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

संसद् सचिवालयले आगामी बिहीबार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिएपछि अरू सांसदहरूलाई शपथ गराउनेछन् । लगत्तै बस्ने रास्वपा संसदीय दलको बैठकले बालेन शाहलाई दलको नेता चयन गर्नेछ ।

प्रतिनिधि सभामा १८२ सिटसहित बहुमत प्राप्त गरेको रास्वपाले संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठन गर्दैछ । संसदीय दलको नेता चयन लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने र १३ चैतमा शपथ ग्रहण गराउने गरी तयारी अघि बढाइएको छ ।

को–को बन्दैछन् मन्त्री ?
मन्त्री चयनका लागि सभापति लामिछाने र भावी प्रधानमन्त्री शाहले सांसदहरूको पृष्ठभूमि, योग्यता र कमान्डिङ क्षमताको ‘रोष्टर’ तयार पारिरहेका छन् । स्रोतका अनुसार केही महत्वपूर्ण मन्त्रालयमा नामहरू लगभग तय भइसकेका छन् ।

अर्थ मन्त्रालय ः उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित प्रायः छ । उनको नाममा पार्टीभित्र सर्वसम्मति रहेको नेताहरू बताउँछन् ।
परराष्ट्र मन्त्रालय ः काठमाडौं(६ बाट निर्वाचित शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

सञ्चार तथा सूचना प्रविधि ः पार्टी प्रवक्ता मनिष झाले यो मन्त्रालयमा इच्छा देखाएका छन् र उनको नाम सूचीको अग्रपंक्तिमा छ ।
कानुन मन्त्रालयरसभामुख ः चितवन–३ बाट निर्वाचित सोबिता गौतमलाई कानुन मन्त्री वा सभामुखमध्ये एक जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ । यद्यपि, पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सभामुखमा दाबी कायम राखेकी छिन् ।

शक्तिशाली मानिने गृह मन्त्रालयमा भने दुई नामबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई गृह मन्त्री बनाउन चाहेका छन् । अर्कातिर, वरिष्ठ नेता बालेन शाहले आफ्ना विश्वासपात्र एवं महामन्त्री सुनिल लम्साललाई गृहको जिम्मेवारी दिनुपर्ने अडान राखेका छन् ।

लम्साल काठमाडौं महानगरपालिकामा शाहको सचिवालयमा पूर्वाधारविज्ञका रूपमा कार्यरत थिए । अर्याललाई सभामुखको प्रस्ताव गरिए पनि उनले गृह मन्त्रालयमै रुचि देखाएको बुझिएको छ । गृहमा कुरा नमिले लम्साललाई भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय गाभेर शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिने विकल्पमा पनि छलफल भइरहेको छ ।

मन्त्रिपरिषद्मा कम्तीमा ३ देखि ४ जना महिला मन्त्री समावेश गर्ने रास्वपाको योजना छ । सोबिता गौतम र इन्दिरा रानाबाहेक डा. तोसिमा कार्कीको नाम पनि चर्चामा छ । यस्तै विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदासलाई पनि मन्त्रीको सम्भावित सूचीमा राखिएको छ ।

सरकार सञ्चालनसँगै संसदीय भूमिकालाई प्रभावकारी बनाउन रास्वपाले गृहकार्य गरेको छ । गोरखा–२ बाट निर्वाचित महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक र झापा(१ की सांसद निशा डाँगीलाई सचेतक बनाउने तयारी छ ।

रास्वपा महामन्त्री बुर्लाकोटीका अनुसार मन्त्रालयको संख्या घटाएर १८ मा झार्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गरिनेछ । प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक केन्द्र मात्र नभई ठूला आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने ‘नतिजा केन्द्र’का रूपमा रूपान्तरण गर्ने रास्वपाको योजना छ ।

प्रवक्ता मनिष झाले राजनीतिक भागबन्डाका आधारमा गरिएका विगतका नियुक्तिहरू खारेज गरिने तर क्षमतावान् र डेलिभरी दिन सक्ने व्यक्तिहरूलाई निरन्तरता दिइने बताए । ‘हामी कार्यकर्ता भर्ती गर्ने होइन, प्रतिस्पर्धाका आधारमा योग्यलाई जिम्मेवारी दिनेछौं, झाले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05