चितवन । रामपुर फुटबल क्ल्वको आयोजना तथा ङोलो इभेन्टको व्यवस्थापनमा नेपालि नयाँ वर्ष २०८३ को अवसर पारि बैशाख ०१ गतेका दिन रामपुर कृषि क्याम्पस खेल मैदानमा “रामपुर म्युजिक फेस्ट २०८३” को पहिलो संस्करणको “खेलकुदका लागि सांगितिक कार्यक्रम” हुने भएको छ।
क्ल्वले ग्रासरुट फुटबल खेल प्रर्वद्धन र सन्चालान गर्ने उद्देश्यका साथ सांगितिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष साथै एन्फा चितवनका समेत उपाध्यक्ष रहेका बिजय घलेले बताउनुभयो।
- ADVERTISEMENT -

घलेका अनुसार सांगितिक कार्यक्रमलाई सफल पार्नको लागि स्वदेश तथा प्रवासबाट समेत सहयोग भएको कुरा बताउनुभयो।
युवाहरुलाई एकताको सुत्रमा बाधेर सांगितिक कार्यक्रम मार्फत नयाँ सदेश प्रवाह गर्नमा सहयोग पुग्ने समेत आयोजकले लक्ष्य लिएको छ।
सांगितिक कार्यक्रममा युवाहरुमाझ निकै लोकप्रीय छिमेकि राष्ट्र भारत दार्जिलिङको मन्त्र ब्याण्ड , ग्वाला एक्स पर्पल ,कटाभ एन्ड द इस्कार्पमेन्ट, अध्याय ब्याण्ड, युगन द इरा कन्टिन्युस ,मन्त्र घिमिरे ,डिजे प्रोसेस , डिजे घोस्ट लगायत ख्याति प्राप्त कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने छ। कार्यक्रम हेर्नका लागि शुल्क जनरल टिकट तर्फ रु ५ सय र भिआइपि तर्फ भने रु ८ सय रुपैया शुल्क लाग्ने आयोजकले बताएको छ।
कार्यक्रम २०८३ बैशाख १ गते दिनको ४:०० बजे बाट राति १०:०० बजे सम्म सन्चालन हुने छ।










































