२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनको एटीजेद्वारा २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान

प्रकाशित मिति : २०८२ चैत्र ३० गते

चितवन / तामाङ पत्रकार संघ (एटीजे) जिल्ला शाखा चितवनले आउँदो नयाँ वर्ष २०८३ सालको पूर्वसन्ध्यामा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पुर्ब कृषि तथा सहकारी मन्त्री एवम् नेपाल तामाङ घेदुङका संघिय परिषदका सल्लाहकार माननीय दावादोर्जे लामा थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा प्रमुख अतिथि लामाले नेपालको राजनीति अस्तब्यस्त तवरले अघि बढेको बताए । नेपालको राजनीति जस्तो तवरले अघि बढ्दै गरेपनी आफ्नो समुदायको पहिचानका लागि खबरदारीपुर्बक लागिपर्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो समुदायको अस्तित्वको लागि निरन्तर संघर्ष गर्दै एक भएर लाग्नुपर्नेमा जोड दिदै तामाङ समुदायको पहिचान सहितको समृद्धिको लागि सबैलाई आ(आफ्नो क्षेत्रबाट सशक्त ढंगबाट लागिपर्न आह्वान समेत गरे ।

त्यस्तै विशिष्ट अतिथि तामाङ पत्रकार संघका केन्द्रीय सदस्य राजेश रुम्बाले तामाङ पत्रकार हरेक क्षेत्रमा अब्बल साबित गर्दै अघि बढ्नु आजको आबस्यक्ता रहेको औंल्याए ।

यसैबीच नेपाल तामाङ घेदुङ संघिय सचीव गोमन सिंह लामाले तामाङ समुदायको पहिचान दिनानुदिन हराउन थालेको बताउँदै आफ्नो संस्कृति, संस्कार, भाषा बचाईराख्न तामाङ सम्बद्ध सम्पुर्ण निकायहरु एकताबद्ध भएर लागि पर्नुपर्नेमा जिकिर गरे ।

कार्यक्रममा आदिबासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले जनजातिले नै देशको अस्तित्व जोगाएको भन्दै अझै पृथक तवरले जनजातिहरु अघि बढ्नुपर्ने बताए ।

यसैगरी रत्ननगर नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष आसिक तामाङले तामाङ समुदाय आफैं सर्वाङगीण हुनुपर्नेमा जोड दिए । उनले तामाङ समुदायको उत्थानका लागि सदैब आफ्नो वडाबाट सहयोग गर्न तयार रहेको बताए । तामाङ समुदाय अब्बल हुन सहि शिक्षा अपनाउनुपर्ने बताउदै सो का लागी कमजोर र बिपन्न ब्यक्ती जानकारी हुन आए तिनको जिवनस्तर उकास्न आफ्नो वडाबाट सहयोग गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचीव दिलकुमारी थिङ, राप्ती नगरपालिकाका कार्यपालिका सदस्य आइतीदेवि स्याङतान, तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य एवम् चितवनका निबर्तमान अध्यक्ष बबिलाल तामाङ लगायतले शुभकामना मन्तव्य दिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका सचीव सन्देश घलान, म्हणिप्पा आमा समुह भरतपुरका सचीव पासाङ तामाङ, समाजसेवी राजकुमार थिङ, युवा समाजसेवी दिपक थिङ, समाजसेवी भरत दरै लगायतका अतिथिहरु उपस्थित थिए ।

संघले सोही अवसमा २०८३ सालको भित्ते पात्रो समेत विमोचन गरेको छ । प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायतले संयुक्त रुपमा उक्त भित्तो पात्रो विमोचन गरेका हुन् ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । संघका उपाध्यक्ष सन्तोष तामाङले स्वागत मन्तव्य र सचिव प्रतिमा तामाङले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम संघका अध्यक्ष प्रकाश तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85