२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवन मेटल उद्योगमा मोहनलाल श्रेष्ठको नेतृत्व

प्रकाशित मिति : २०८२ चैत्र ३० गते

भरतपुर । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, भरतपुर–१० को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले मोहनलाल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, उद्वब न्यौपाने, क्रान्ति अधिकारी र बलराम पुरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा लोकनाथ सुवेदी, शिव खनाल, राजन पौडेल, सूर्यराज गिरी, विष्णु प्रसाद पौडेल, हेमकुमार श्रेष्ठ, लीलामणि भण्डारी, युवराज गिरी, रामकिश्वर महतो, सुरेन्द्रराज पराजुली, दिनेश कुमार राना, हबिक रहेमान अन्सारी र गणेश रेग्मी रहेका छन्।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–३ स्थित पर्व ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम “कामदारको सुरक्षा, उद्योगको दिगो रक्षा” भन्ने नारासहित सम्पन्न भएको हो। चितवनमा छरिएर रहेका उद्योगी व्यवसायीलाई एकताबद्ध गर्दै हकहित र अधिकारका लागि आवाज उठाउँदै आएको समितिले नयाँ नेतृत्व चयन गरेको हो।

कार्यक्रममा समितिका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षता रहेको थियो । भने बन्द सत्रमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष दुर्गालाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख अधिकारीले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले व्यवसाय प्रवर्द्धनमा प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले व्यवसायीका हकहित सुनिश्चित गर्न राज्यले थप ध्यान दिनुपर्ने बताउनुभयो । साथै सर्वसुलभ रूपमा ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

निवर्तमान अध्यक्ष तारा बहादुर कार्कीले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थालाई निष्पक्ष रूपमा सञ्चालन गर्दै व्यवसायीका हकहितको रक्षा गर्न आग्रह गर्नुभयो ।

उहाँले संस्था वि.सं. २०६७ सालमा स्थापना भएको स्मरण गर्दै हालसम्मको यात्रामा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । साथै सम्भावित जोखिम न्यूनीकरणका लागि व्यवसायीले आफ्नो उद्योग तथा कामदारको बीमा गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85