एजेन्सी / मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको अवरोधले केन्यामा इन्धनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
जसले गर्दा यातायात र दैनिक उपभोग्य वस्तुहरूको लागतमा वृद्धि भएको छ । केन्याका लाखौं मानिसहरू इन्धनको मूल्यमा भएको कीर्तिमानी वृद्धिसँग जुधिरहेका छन्, जसलाई मध्यपूर्वको द्वन्द्वको प्रत्यक्ष परिणामको रूपमा हेरिएको छ ।
- ADVERTISEMENT -

देशको ऊर्जा नियामकले सुपर पेट्रोल र डिजेलको मूल्यमा क्रमशः २८.६९ र ४०.३ शिलिङ प्रतिलिटरको ऐतिहासिक वृद्धि गरेको छ । सार्वजनिक यातायात क्षेत्रमा सञ्चालकहरूले भाडा करिब २५ प्रतिशतले बढाएका छन् ।
लामो दूरीका बसहरूको भाडा पनि १.५४ देखि ३.८६ अमेरिकी डलरसम्म बढेको छ । आयातित पेट्रोलियममा निर्भर रहेको केन्याली अर्थतन्त्रमा यो मूल्य वृद्धिले सामान र सेवाहरूको लागत बढाउने निश्चित छ ।
मार्च महिनामा केन्याको मुद्रास्फीति दर बढेर ४.४ प्रतिशत पुगेको छ । यद्यपि यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ, तर बढ्दो इन्धन लागतले उक्त दृष्टिकोणमा जोखिम निम्त्याएको छ ।









































