२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

अर्बन नेष्ट बुटिक दोस्रो बर्षमा, पोशाकमा ६० प्रतिशतसम्म छुट दिइने

प्रकाशित मिति : २०८३ बैशाख २४ गते

चितवन । भरतपुर–१ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेस्ट बुटिक एण्ड रेन्टल हाउस पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । 

बुटिकले बैशाख २४ गते दोस्रो बर्ष  प्रवेश गरेको अवसरमा विभिन्न कपडा तथा पोशाकमा १० प्रतिशत देखि ६० प्रतिशत सम्म छुट गरेको छ ।  

- ADVERTISEMENT -

Advertisement

सञ्चालिका सुनिता घिमिरेले बुटिकले एक बर्ष पुरा गरेको अवसरमा विभिन्न विभिन्न डिजाइन तथा छुटको व्यवस्था गरेको जानकारी दिइन । 

हाम्रो बुटिकले  एक बर्ष पुरा गरेको छ’, उनले भनिन, यस अवसरमा हामीले ग्राहकको चाहना र माग अनुसारको प्रडक्ट दिइरहेका छौं । 

- ADVERTISEMENT -

Advertisement

बुटिक सञ्चालनको छोटो समयमै ग्राहकको आकर्षण बढेको उनको भनाई छ । ‘हामीले यति छोटो समयमा ग्राहकको धेरै माया पाएका छौं कि  आगामी दिनमा थप अन्य सेवा सुविधा विस्तार गर्ने योजनामा छौं ।’ संचालिका घिमिरेले भनिन । 

सबै उमेर समूहलाई लक्षित गरी परम्परागत संस्कृति झल्काउने गुणस्तरीय पोशाक देखि क्लासिकल, नयांँ डिजाइनका फेसन तथा पोसाकहरु उपलब्ध गराउने उद्देश्यसहित बुटिक सञ्चालनमा ल्याइएको थियो  । 

बुटिकमा ग्राहकले  पोशाक सुपथ मुल्यमा खरीद गर्न पाउनुका साथै विहे, ब्रतबन्ध पार्टीका लागि भाडामा समेत उपलब्ध छन । ‘बुटिक संचालनलको बर्षदिनमै सयौंले ग्राहकले हाम्रो उत्पादन मन पराएर खरीद गर्नुका साथै झण्डै एक हजार जनाले भाडामा पनि लगिसक्नु भएको छ ।’ घिमिरेले भनिन ।

चितवनमै गुणस्तरीय तथा नयाँ तथा क्लासिक डिजाइनका पोसाक तथा कपडाहरु  बुटिकमा उपलब्ध गराउने उद्धेश्य सहित बुटिक संचालनमा ल्याईएको उनले बताइन् । घिमिरेले आठ वर्ष जापान बसेर त्यहाँको अनुभव र सीप यहाँ उपयोग गरेकी हुन ।

बुटिकमा बालबालिकालाई चाहिने कपडा, विभिन्न रीतिरिवाज, भेषभूषाका लागि चाहिने कपडा, कोट, पेन्ट, सुट, लेडिजलाई चाहिने विभिन्न बिहे पार्टी ब्रतबन्ध, चाडबाडका कपडा तथा कलाकार मोडललाई चाहिने फेसनका कपडाहरु रहेका छन । 

यस्तै पुरुषका लागि चाहिने  पेन्ट, सुटलगायतका सबै फेसनका कपडाहरु पनि रहेका छन  । बुटिकमा ग्राहकले चाहेको डिजाइन, फेसनअनुसारको कपडासमेत अर्डरअनुसार तयार पनि गरिने छ । 

यसअघि अर्बन नेस्टले अनलाइनबाट अर्डर लिएर ग्राहकको इच्छा र मागअनुसार पोसाक तयार गरेर ग्राहकसमक्ष डेलिभरी गर्दै आएको थियो । अनलाइन डेलिभरीसंँगै ग्राहकको माग र आवश्यकता अनुसार प्रत्यक्षरुपमा आफूले रोजेको पोसाक तथा सामान उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याइएको छ । 

आगामी दिनमा बुटिकले नेपाली चलचित्र , उदाउंँदै गरेका नयांँ मोडलहरुलाई लक्षित गर्दै आफै पोशाक उत्पादन तथा डिजाइन गरेर बिक्री तथा रेन्टल सुविधा दिने उनको भनाई छ । 

बुटिकले आफैं ढाकाको कपडा तथा पोशाक तयार गरेर बिक्री तथा रेन्टल सेवा सुविधा दिइने उनले जानकारी दिइन । बुटिकले वाग्मती प्रदेश सरकारबाट गतबर्ष नवप्रर्वद्धन उद्यमी पुरस्कार सम्मान प्राप्त गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73