२०८३ जेष्ठ ३, आईतवार
May 17, 2026
२०८३ जेष्ठ ३, आईतवार
May 17, 2026 Sunday

सिध्दिमा चेपाङ छात्रावास भवन हस्तान्तरण, एसइई पास चार चेपाङ विद्यार्थीहरु सम्मानित

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते

कालिका । लायन्स क्लब अफ नारायणगढको संयोजनमा कालिका नगरपालिका–१० मा नवनिर्मित चेपाङ छात्रावास भवन शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । 

लायन्स क्लब अफ नारायणगढले आयोजना गरेको भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर नवराज सापकोटा र भवन निर्माणका लागि आर्थिक सहयोग गरेको चितवन एड् ट्रस्ट (क्याट) युकेका निवर्तमान अध्यक्ष कृष्ण तिवारीले सिद्धि चेपाङ छात्रावासका संरक्षक भरत चेपाङलाई संयुक्तरुपमा भवनको साँचो हस्तान्तरण गरेका हुन् । 

- ADVERTISEMENT -

Advertisement

लायन्स क्लब अफ नारायणगढका अध्यक्ष सनदकुमार पियाले क्याट युकेबाट प्राप्त सहयोग रकम पाँच लाख रुपैयाँमध्ये चार लाख ८० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको र बाँकी रकममा अपुग रकम थपेर शौचालय निर्माण गरिने जानकारी दिए । 

उनले आयआर्जनका लागि कुटानीपिसानी मेसिन राख्न सुझाव दिँदै त्यसका लागि सहयोग गर्न क्लब तयार रहेको बताए । क्लबका अध्यक्ष पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष राजु पियाले स्वागत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा यस वर्ष एसइई उत्तीर्ण सिद्धि चेपाङ छात्रावासका विद्यार्थीहरु निरुता चेपाङ (३.१ जिपिए), अर्पणा चेपाङ (२.७३ जिपिए), उपेन्द्र चेपाङ (२.६९ जिपिए) र सुशील चेपाङ (२.६६ जिपिए) लाई खादा लगाइ नगदसहित मायाको चिनो दिएर सम्मान गरिएको थियो । 

उनीहरुले राष्ट्रिय माध्यमिक विद्यालय मझबाङबाट एसइई दिएका हुन् । नयाँ किरण संस्थाद्वारा संचालित सिद्धि चेपाङ छात्रावासका सात जना विद्यार्थी यस वर्ष एसइई परीक्षामा सहभागी भएका थिए ।

एसइईमा ३.१ जिपिए ल्याउने छात्रा निरुता अनाथ हुन् । उनकी आमाको पेटसम्बन्धी रोगबाट निधन भएपछि उनका बुवाले आत्महत्या गरे । नर्स बन्ने उद्देश्य बोकेकी निरुतालाई आन्द्रासम्बन्धी समस्या छ । नर्सिङ पढ्नका लागि आर्थिक अभाव झेलिरहेकी निरुतालाई पढाइको लागि क्याट युकेका निवर्तमान अध्यक्ष कृष्ण तिवारीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका पूर्व डिस्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) कमलप्रसाद श्रेष्ठ, जोन चियर पर्सन अञ्जु पिया, क्लबका पूर्वअध्यक्ष शान्तकुमार पिया, समाजसेवी खेमलाल तिवारी, कृष्णराज धरेल, रसु पिया, महेन्द्र श्रेष्ठ, प्रशान्तकुमार पिया, सुरेशकुमार श्रेष्ठ, विवश पिया, उमेश पिया, सुबोध श्रेष्ठ, विधान श्रेष्ठलगायत सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.38
179.08
UK Pound Sterling
1
204.95
205.75
Swiss Franc
1
195.12
195.89
Australian Dollar
1
109.73
110.16
Canadian Dollar
1
111.47
111.91
Singapore Dollar
1
119.81
120.28
Japanese Yen
10
9.67
9.71
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.04
42.21
Thai Baht
1
4.70
4.72
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.26
16.32
Danish Kroner
1
23.87
23.96
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61