Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती सरकारले चेपाङका लागि ३९ घर बनाउँदै

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते
File photo.

चितवन / बागमती प्रदेश सरकारले चितवनको माडीमा छरिएर रहेका चेपाङ समुदायलाई एउटै स्थानमा एकीकृत बस्तीको अवधारणा अनुरुप ३९ वटा बनाउने भएको छ ।

यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने तयारी गरेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख सी.डी.ई भुपेन्द्र यादवले जानकारी दिए । वर्षायाममा चुहिने, कच्ची बेराघेरा गरेर गुजारा गर्दै आएका उनीहरूका लागि प्रदेश सरकारले घर निर्माणको तयारी गरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेशको चितवन र मकवानपुर जिल्लामा जनता आवास तथा चेपाङ वनकरिया, माझी, बोटे समुदायहरूका लागि २ वटा कार्यक्रम अन्तर्गत अवास निर्माणको काम गर्दै आएको उनले भने ।

प्रदेश सरकारले सीमान्तकृत चेपाङ, वनकरिया, माझी, बोटे लगायत एकल महिलाहरूका लागि आवासगृह निर्माण गर्दै आएको छ । उनका अनुसार सीमान्तकृत समुदायहरूको अझै पनि शिक्षा, स्वास्थ्यप्रतिको चेतनास्तर कमजोर रहेको र बाल विवाह, कुरीति, अन्धविश्वासमा जकेडिएकाले राज्यको मूल धारमा ल्याउन आवास विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

स्थानीय सरकारको सिफारिस र छनोटलाई मूल आधार बनाएर प्रदेश सरकारले आवास गृह निर्माणको प्रक्रिया अघि बढाउने गरेको यादवले बताए । हालसम्म ३८ करोड ४३ लाख रुपैया खर्च गरिसकेको प्रदेश सरकारले प्रतिघर परिवार ४ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने घरप्रतिको अपनत्वका लागि लाभग्राहीले श्रमदान समेत गर्ने गरेको उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा प्रदेश सरकारले मकवानपुरमा २७९ र चितवनमा २२४ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । यसका लागि प्रदेश सरकारले २० करोड १२ लाख रुपैयाँ खर्च गरेको छ भने चालु आर्थिक वर्ष ९४ वटा घर निर्माण भइरहेको छ । थप १०५ घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । हालसम्म आवास निर्माण बापत ३८ करोड ४३ लाख रुपैयाँ खर्च गरिसकेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98