२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिफा विश्वकप : बेल्जियम र इङ्ग्ल्यान्ड अन्तिम १६ मा

प्रकाशित मिति : २०८३ असार १८ गते

काठमाडौं / सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

खेलको नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। उनले ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएका थिए भने १२०।५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

अब बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

- ADVERTISEMENT -

Advertisement

यो जितसँगै बेल्जियम संघर्षपूर्ण शैलीमा अन्तिम १६ मा पुगेको छ भने दुई गोलको अग्रता जोगाउन नसकेको सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ।

यसैबीच इङ्ग्ल्यान्ड पनि फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा बुधबार नै भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो । खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58