२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई चार वर्ष कैद सजाय

प्रकाशित मिति : २०८३ असार ३१ गते

काठमाडौं / पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्ष कैद सजाय हुने जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले अर्का पूर्व मन्त्री बालकृष्ण खाँडलाई पनि दुई बर्ष कैद सुनाएको छ । भ्रष्टाचार मुद्दामा उपप्रधानमन्त्री समेत भइसकेका व्यक्तिलाई कैद सजाय सुनाएको पहिलो पटक हो ।

चार बर्ष कैद सजाय ठहर भएका अन्य अभियुक्तहरुमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

- ADVERTISEMENT -

Advertisement

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर ९७५ वर्ष माथि० का कारण सजायमा केही छुट दिइएको छ । उनले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ ।

जिल्ला अदालतको फैसला अनुसार भुटानी शरणार्थी काण्डमा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

गत असार २३ गते जिल्ला अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो । दोषी ठहर भएका सबैलाई कैद सजाय सुनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45