काठमाडौं / सर्वोच्च अदालतले सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न अन्तरिम आदेश दिएको छ ।
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
- ADVERTISEMENT -

अध्यक्ष सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानविन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए ।
यसअघि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति जाँचबुझ रोक्न भनेको थियो ।
- ADVERTISEMENT -


















































