२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका जनजाति ‘३२औँ विश्व आदिवासी दिवस’ मनाउने तयारीमा

पहिचान झल्कने पोशाकमा सहभागी हुन आग्रह
प्रकाशित मिति : २०८३ श्रावण १० गते

भरतपुर / नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनले ३२औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ ।

आइतबार महासंघको आफ्नै भवनमा बसेको बैठकले विश्व आदिवासी दिवसको तयारी तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको नेफिन चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार साउन २४ गते भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गर्ने तय भएको छ ।

कार्यक्रममा सहभागी हुने सम्पूर्ण आदिवासी जनजाति समुदायका सदस्य, जातीय संस्था तथा प्रतिनिधिहरूलाई आफ्नो जातीय पहिचान, धर्म र संस्कृतिलाई झल्काउने मौलिक पोशाक लगाएर उपस्थित हुन आग्रह गरिएको छ ।

महासंघले जिल्लामा क्रियाशील सबै आदिवासी जनजातिका जातीय संस्था, प्रतिनिधि तथा समुदायका सदस्यलाई कार्यक्रम सफल बनाउन सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ ।

नेफिनले विश्व आदिवासी दिवस आदिवासी जनजातिको पहिचान, भाषा, धर्म, संस्कृति तथा मौलिक अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष मनाइँदै आएको छ । यस वर्ष पनि दिवसका अवसरमा विविध सांस्कृतिक प्रस्तुति, परम्परागत झाँकी तथा समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गर्ने कार्यक्रम समावेश गरिने तयारी गरिएको महासंघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45