काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढाइएको छ ।
- ADVERTISEMENT -

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १ सय ९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।
यस्तै, एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।
- ADVERTISEMENT -




















































