Opens in a new tab
२०८३ आश्विन १५, बिहीबार
October 1, 2026
२०८३ आश्विन १५, बिहीबार
October 1, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमू प्ये ल्हु संघको २३औँ वार्षिकोत्सवमा ३४ जना सम्मानित

प्रकाशित मिति : २०८३ आश्विन १४ गते
Photo : Bina Tamang, newsprabah

चितवन / तमू प्ये ल्हु संघ चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम मंगलबार भरतपुर महानगरपालिका–४, लंकुस्थित संगोल पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा संघले सञ्चालन गरेको ‘कुल पितृ अदृश्य शक्तिको बासस्थानका धरोहर कोइबो धिं निर्माणार्थ जग्गा खरिद ऐतिहासिक महान अभियान’ मा आर्थिक सहयोग गर्ने ३४ जना दातालाई सम्मान गरिएको छ। अभियानअन्तर्गत ३० हजारदेखि ६० हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई सम्मानपत्र प्रदान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि तथा तमू प्हे ल्हु संघ चितवनका वरिष्ठ सल्लाहकार टेकप्रसाद गुरुङले दाताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले तमू प्ये ल्हु संघ चितवनले स्थापनाकालदेखि नै तमू समुदायको संस्कार, संस्कृति, रीतिरिवाज तथा हक–अधिकारका विषयमा निरन्तर काम गर्दै आएको बताए। पछिल्लो समय वर्तमान कार्यसमितिले संस्थालाई थप सक्रिय र व्यवस्थित रूपमा अघि बढाएको भन्दै उनले प्रशंसा गरे ।

संघका सल्लाहकार देवेन्द्र ल्हो तमूले संस्थाले जिम्मेवारीपूर्वक आफ्ना गतिविधि अघि बढाउँदै आएको बताए । संस्थाले गर्दै आएका सामाजिक तथा सामुदायिक काममा आगामी दिनमा पनि आफ्नो निरन्तर साथ र सहयोग रहने उनले बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकहित र अधिकारका विषयमा तमू प्ये ल्हु संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थाका गतिविधिमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी हालै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा निर्वाचित चित्र सोल्टी न्हान्सी गुरुङले नयाँ जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले सञ्चारकर्मीहरूको हकहितसँगै गुरुङ समुदायका विषयलाई सञ्चारमाध्यममार्फत थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । गुरुङले तमू (गुरुङ) सञ्चारकर्मी संघलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष तुलाराम टु क्लेप्री गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका निवर्तमान अध्यक्ष तुलमान गुरुङ, हिरालाल गुरुङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघका सचिव कृष्ण तमूले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष रिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

तमू प्हे ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी,सदस्य, सल्लाहकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68