Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिविद्वारा काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

प्रकाशित मिति : २०८३ आश्विन १३ गते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब रु १६ करोड ५० लाख असुलउपर भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।

त्यस्तै, थप अवस्थाहरूको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामा करिब रु २१ करोड ५० लाख रकम रहेको उल्लेख छ ।

विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

उनिहरूले [email protected] मार्फत पनि सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68