Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मगर संघको ४५औँ वार्षिक साधारण सभा सम्पन्न

‘मगर समुदायले हकहित र संस्कृति संरक्षण जोड दिनुपर्छ’
प्रकाशित मिति : २०८३ आश्विन २५ गते

चितवन / नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको ४५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१, क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजको भवनमा सम्पन्न कार्यक्रममा मगर समुदायको हकहित संरक्षण, मौलिक भाषा, संस्कृति तथा भेषभूषाको जगेर्ना र संगठनात्मक एकतालाई सुदृढ बनाउने विषयमा जोड दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य ठाकुर सिं आलेमगरले मगर समुदायको पहिचान र अधिकार संरक्षणका लागि एकता अपरिहार्य रहेको बताए । उनले देशभरका मगर समुदाय विभिन्न संघसंस्थामार्फत संगठित हुँदै गएको उल्लेख गर्दै समुदायको हित, अधिकार र समग्र उन्नतिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले मगर समुदायबीच आपसी एकता र सद्भाव कायम गर्दै मौलिक भाषा, संस्कृति तथा भेषभूषाको संरक्षण गर्नुपर्नेमा जोड दिए । जातीय संघसंस्थाहरू बलियो भए मात्रै महासंघ पनि थप सुदृढ हुने उनको भनाइ थियो ।

त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्ज कसराका वार्डेन डिलबहादुर पुर्जामगरले मगर समुदायको हकहित संरक्षण, सरकारी निकायमा समुदायको पहुँच अभिवृद्धि तथा लोकसेवा परीक्षाको तयारीलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत
सभामा आर्थिक वर्ष २०८२र०८३ को आय–व्यय विवरण प्रस्तुत गरी संघको आर्थिक गतिविधिबारे जानकारी गराइएको थियो। प्रतिवेदनमा संघको आम्दानी, विभिन्न शीर्षकमा भएको खर्च तथा आर्थिक कारोबारको विवरण समेटिएको छ ।

यसैगरी, सभामा संस्थाको सांगठनिक अवस्था, नेतृत्वसम्बन्धी विवरण तथा मगर समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पहुँच अभिवृद्धिका लागि सञ्चालन गरिएका गतिविधिबारे पनि जानकारी प्रस्तुत गरिएको थियो ।

संघको वार्षिक प्रगति प्रतिवेदनमा मगर समुदायलाई संगठित बनाउने, मौलिक पहिचान र संस्कृति संरक्षण गर्ने तथा सामाजिक क्षेत्रमा समुदायको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।

सभामा नेपाल मगर संघ बागमती प्रदेशका उपाध्यक्ष देव रानामगर, नेपाल मगर संघ केन्द्रीय समितिका संस्थापक सदस्य मुक्तबहादुर थापामगर, नेपाल मगर संघ चितवन जिल्ला समितिका २०५५ सालका कोषाध्यक्ष मेजर लालबहादुर थापामगरलगायत विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

संघका सचिव विष्णु आलेमगरले सञ्चालन गरेको कार्यक्रमको समापन अध्यक्ष लालबहादुर रानामगरले गरेका थिए । समापनका क्रममा अध्यक्ष रानामगरले सभामा सहभागी अतिथि तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

मगर समुदायको हकहित संरक्षण, मौलिक भाषा, संस्कृति र भेषभूषाको जगेर्ना तथा संगठनात्मक एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै साधारण सभा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80