Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

होल्डिङ सेन्टरमा अझै १ हजार बढी रसुवा बाढी प्रभावित

प्रकाशित मिति : २०८३ आश्विन २७ गते
AI / newsprabah

काठमाडौं / रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको छ । होल्डिङ सेन्टरमा रहेका नागरिकलाई प्राथमिकतामा राखेर अस्थायी आवासको व्यवस्था गरिने उनले बताए ।

होल्डिङ सेन्टरमा रहेका अधिकांश प्रभावित भाडामा बस्न थालेपछि त्यस्ता सेन्टरको संख्या ३७ बाट घटाएर १७ मा सीमित गरिएको शर्माले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘अहिले पनि होल्डिङ सेन्टरमा १ हजार ५० जना हुनुहुन्छ । हामी उहाँहरूलाई ट्रान्जिसनल सेल्टरमा लैजाने तयारीमा छौँ । ती १ हजार ५० जना पहिलो प्राथमिकतामा पर्नुहुन्छ,’ उनले भने ।

गृहसचिव शर्माले भदौ १०, असोज ८ र ११ गतेको विपद्बाट प्रभावित स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट चार स्थानीय तह प्रभावित भएको उल्लेख गर्दै उनले ती क्षेत्रलाई पनि सङ्कटग्रस्त घोषणा गर्ने र प्रभावितलाई घरभाडा उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छलफल भइरहेको बताए ।

बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनको चरणमा रहेको पनि उनले जानकारी दिए । तर, बेपत्ता भएका व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै राहत वितरण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

‘विपद्मा मृत्यु हुनेहरूलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ नगद राहत दिने हाम्रो कार्यविधिमा छ । त्यसका लागि बेपत्ता भएकालाई मृतकका रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ,’ शर्माले भने ।

उनका अनुसार प्रभावितको विवरण वडा कार्यालयबाट स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्राधिकरणमा पुग्छ । प्राधिकरणले प्रभावितको नामावली सार्वजनिक गरेपछि सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण सुरु हुनेछ ।

बाढीबाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ति सम्बन्धित स्थानीय तहमार्फत नै प्राप्त गर्ने व्यवस्था रहेको पनि गृहसचिव शर्माले स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.94
153.54
European Euro
1
171.03
171.70
UK Pound Sterling
1
202.42
203.22
Swiss Franc
1
183.59
184.31
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
107.22
107.65
Singapore Dollar
1
119.41
119.88
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.96
42.12
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
11.48
11.52
Swedish Kroner
1
15.26
15.32
Danish Kroner
1
22.88
22.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
496.32
498.26
Bahrain Dinar
1
404.82
406.41
Omani Rial
1
397.22
398.78