Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आतिफ आई केयर सेन्टरको दोस्रो शाखा शुभारम्भ

दशैं–तिहार र छठसम्म विशेष छुट, विपन्न नागरिकलाई निःशुल्क आँखा जाँच र चश्मा दिइने
प्रकाशित मिति : २०८३ आश्विन २७ गते
Photo : newsprabah

चितवन / चितवनको शहीदचोकबाट करिब ५० मिटर पश्चिम, एभरेष्ट बैंक नजिक आतिफ आई केयर सेन्टरले दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि दोस्रो शाखा सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक इन्ताफ आलमले जानकारी दिए ।

व्यावसायिक उद्देश्यसँगै सेवामूलक भावनालाई प्राथमिकता दिँदै सेन्टर विस्तार गरिएको सञ्चालक आलमले बताए । नयाँ शाखाको शुभारम्भको अवसरमा दशैं, तिहार तथा छठ पर्वसम्म आम नागरिकलाई २० प्रतिशत र विद्यार्थीलाई ३० प्रतिशत छुट प्रदान गरिने उनले भने ।

- ADVERTISEMENT -

Advertisement

केयर सेन्टरले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । यसअन्तर्गत प्रत्येक वर्ष दुई जना अति विपन्न नागरिकलाई निःशुल्क आँखा जाँच सेवा उपलब्ध गराउने योजना बनाएको छ । उनका अनुसार सम्बन्धित व्यक्तिको सिफारिस र आवश्यक प्रमाणका आधारमा निःशुल्क आँखा जाँच गरिनेछ भने आवश्यक परेमा चश्मासमेत उपलब्ध गराइनेछ ।

स्थानीय नागरिक तथा विद्यार्थीलाई सहज, सुलभ र सहुलियतपूर्ण आँखा जाँच सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शाखा सञ्चालनमा ल्याइएको सेन्टरले जनाएको छ । चाडपर्वको अवसरमा प्रदान गरिने छुटले सर्वसाधारणलाई आँखा जाँच तथा आवश्यक सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पाँच वर्षअघि हङकङ बजारबाट सेवा सुरु गरेको आतिफ आई केयर सेन्टरले सेवा विस्तार गर्ने क्रममा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.94
153.54
European Euro
1
171.03
171.70
UK Pound Sterling
1
202.42
203.22
Swiss Franc
1
183.59
184.31
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
107.22
107.65
Singapore Dollar
1
119.41
119.88
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.96
42.12
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
11.48
11.52
Swedish Kroner
1
15.26
15.32
Danish Kroner
1
22.88
22.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
496.32
498.26
Bahrain Dinar
1
404.82
406.41
Omani Rial
1
397.22
398.78