Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सवारी दर्ता र नामसारी सहज बनाउँदै यातायात, धनीको उपस्थिति नपर्ने

प्रकाशित मिति : २०८३ आश्विन २७ गते

काठमाडौं / नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ ।

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

संशोधित व्यवस्थाले डिलरबाट गरिएको सवारी साधनको जाँचलाई पनि मान्यता दिएको छ । अब डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।

त्यस्तै, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि हटाइएको छ । यसले सवारी धनीको समय र झन्झट घटाउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि संशोधनमा समेटिएको छ । मन्त्रालयले यी परिवर्तनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.94
153.54
European Euro
1
171.03
171.70
UK Pound Sterling
1
202.42
203.22
Swiss Franc
1
183.59
184.31
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
107.22
107.65
Singapore Dollar
1
119.41
119.88
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.96
42.12
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
11.48
11.52
Swedish Kroner
1
15.26
15.32
Danish Kroner
1
22.88
22.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
496.32
498.26
Bahrain Dinar
1
404.82
406.41
Omani Rial
1
397.22
398.78