Opens in a new tab
२०८३ मंसिर ११, बिहीबार
November 26, 2026
२०८३ मंसिर ११, बिहीबार
November 26, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणी महोत्सवमा बबिना किराँतीको गीतमा दर्शकको हुटिङ, पुनः गाउन आग्रह

प्रकाशित मिति : २०८३ मंसिर ११ गते
Photo : Bina Tamang / Newsprabah

चितवन । नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा बिहीबार चर्चित गायिका बबिना किराँतीको सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । उनका लोकप्रिय गीतमा दर्शकले ताली र हुटिङमार्फत साथ दिएका थिए भने प्रस्तुतिपछि पुनः गीत गाउन आग्रह गर्दै माहोल थप उत्साहपूर्ण बनाएका थिए ।

नेपाली लोक तथा आधुनिक संगीतमा छुट्टै पहिचान बनाएकी किराँतीले पूर्वेली लोकगीत, मारुनी, लोकपप तथा आधुनिक गीत प्रस्तुत गर्दा महोत्सवस्थल संगीतमय बनेको थियो । दर्शकको हुटिङ र आग्रहपछि उनले पुनः गीत गाएकी थिइन् । उनको प्रस्तुतिमा दर्शकले नाच्दै र गाउँदै भरपूर मनोरञ्जन लिएका थिए ।

खोटाङको बुइपामा जन्मिएकी किराँतीले सन् २०१४ देखि सांगीतिक यात्रा सुरु गरेकी हुन् । ‘मर्निङ द बिगिनिङ’ उनको पहिलो गीति एल्बम हो । ‘चरी भए भुरुरु जान्थे उडेर’, ‘आकाशैमा चिल हो कि बेसारा’, ‘माथि माथि हिमाली भेगमा’, ‘मनको रैछौ पापी’ र ‘ओइ भन्यो मायाले’ लगायतका गीतले उनलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गराएका छन् ।

नेपालका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिइसकेकी उनले दक्षिण कोरिया, मलेसिया र दुबईमा समेत आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनको सहआयोजनामा भइरहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिले दर्शकको आकर्षण बढाउँदै लगेको छ । महोत्सवमा चर्चित कलाकारसँगै स्थानीय प्रतिभालाई पनि प्राथमिकता दिइएको छ ।

महोत्सवमा तामाङ तथा कुमाल समुदायका बाल कलाकारले आफ्नो सांस्कृतिक कला र प्रतिभा प्रस्तुत गर्दै आएका छन् । स्थानीय कलाकारका सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि निरन्तर भइरहेका छन् । विभिन्न समुदायको कला, संस्कृति र संगीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दिनहुँ दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.28
147.88
European Euro
1
161.12
161.78
UK Pound Sterling
1
192.35
193.13
Swiss Franc
1
176.52
177.24
Australian Dollar
1
96.72
97.11
Canadian Dollar
1
103.07
103.49
Singapore Dollar
1
113.98
114.44
Japanese Yen
10
9.24
9.27
Chinese Yuan
1
22.06
22.15
Saudi Arabian Riyal
1
39.26
39.42
Qatari Riyal
1
40.41
40.57
Thai Baht
1
4.31
4.33
UAE Dirham
1
40.10
40.26
Malaysian Ringgit
1
35.75
35.90
South Korean Won
100
10.96
11.01
Swedish Kroner
1
14.34
14.39
Danish Kroner
1
21.56
21.64
Hong Kong Dollar
1
18.79
18.87
Kuwaity Dinar
1
476.63
478.58
Bahrain Dinar
1
390.63
392.22
Omani Rial
1
382.54
384.09