गैँडाकोटमा आज विद्युत अवरुद्ध

0
114

गैँडाकोट / गैँडाकोटमा आज (शुक्रबार) विद्युत अवरुद्ध हुने भएको छ । बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरण कावासोतीका अनुसार ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने भएकोले गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
वितरण केन्द्रका मुकुन्दपुर ३३÷११ केभी सव स्टेशनको ट्रान्सफर्मरलाई अप ग्रेडिङ गरिने भएको छ । काम सम्पन्न भएलगत्तै विद्युत लाईन सुचारु हुने गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।