काभ्रे / सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’को नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले अभिभावकत्व ग्रहण गरेका छन् । प्रमुख तिमल्सिनाले मानवीको अभिभावकत्वसँगै शनिबार अन्नप्रासनसमेत सम्पन्न गरेका हुन् ।
मानवीको धुलिखलस्थित मानव कल्याण समाज सेवा घरमा अन्नप्रासन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई भेटेका थिए ।
मानसिक अवस्था कमजोर भएकी आमाबाट जन्मिएकी उनलाई जन्मेको १७ औं दिनमा उद्धार गरिएको थियो । उद्धार गर्दा अत्यन्तै नाजुक अवस्थामा रहेकी उनको स्वास्थ्य अहिले पूर्णरुपमा ठीक भइसकेको छ । हाल उनमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएको छैन ।
मानव कल्याण समाजले उद्धार गरेपछि उनको २५ औं दिनमा न्वारान गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताइन् । ती बालिकाको समाजले नै मानवीको रुपमा नामाकरण गरिदिएको हो । यसअघि तीनजना बालिकाको अन्नप्रासन मानव कल्याण समाजमा भइसकेको छ ।
नमोबुद्ध नगरका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले यसअघि ६ जना बालबालिकाको शिक्षादीक्षाका लागि अभिभावकत्व ग्रहण गरिसकेका छन् । उनले ती बालबालिकालाई आफ्नो जन्मदिनको अवसर पारेर शिक्षा खर्च उपलव्ध गराउने गरेका छन् ।
आफूले सातौं नातिनीको रुपमा मानवीको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए । सडक मानवमुक्त नेपाल बनाउने मानव कल्याण समाजको अभियानमा आफू र नगरपालिका पनि जोडिएको भन्दै उनले मानवीको शिक्षादीक्षा लगायतका कुरामा आगामी दिनमा सहयोग गर्ने बताए ।
मानवीको अन्नप्रासनका लागि नगर प्रमुख तिमल्सिना श्रीमति सरस्वती तिमल्सिनासहित उपस्थित भएका थिए । तिमल्सिना दम्पतीले मानवीको मामाघरको हजुरबुबा÷हजुरआमाको रुपमा अभिभावकत्व ग्रहण गरेका छन् । नगर प्रमुख तिमल्सिनाले समाजका लागि सेवा घर निर्माण गर्न नमोबुद्ध नगरपालिकाभित्र आवश्यक जग्गा उपलव्ध गराउने घोषणासमेत गरेका छन् । आगामी बर्षदेखि आफ्नो जन्मदिनसमेत सेवा घरमा रहेकाहरुको सेवा गरेर मनाउने पनि तिमल्सिनाले बताए ।
- ADVERTISEMENT -

झाडीमा भेटिएकी ‘मानवी’को नगरप्रमुखद्वारा अभिभावकत्व ग्रहण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20










