March 29, 2024

बुद्ध जयन्तीमा गरियो सबै कार्यक्रम स्थगित

April 30, 2020

काठमाडौं । २५६४औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका दौरान पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् ।
यस वर्ष २५ वैशाख (७ मे)का दिन वैशाख शूक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ । लुम्बनी विकास कोषले यस दिन नेपाल सरकार, कोष पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । कोभिड १९ को संक्रमणका कारण अहिले मुलुक लकडाउनमा छ ।
यस दिन नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु र भिक्षुणी तथा लामा गुरु र गुरुमाहरुबाट विश्व शान्तीको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ ।
भगवान गौतमबुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।
तर, कोभिड १९ का कारण उत्पन्न असहज परिस्थतिका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित हुन पुगेको हो । बौद्ध सम्मेलनमा दर्जनौं मुलुकबाट पाहुनालाई आमन्त्रित गर्ने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -