२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा माघ २० गते कोरोनाको खोप लगाउन शुरु

प्रकाशित मिति : २०७७ माघ १३ गते

चितवन / चितवनमा कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयारी भइरहेको छ । पहिलो चरणमा माघ २० गते भित्रै खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पहिलो चरणमा आउने खोप कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई लगाइने छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार पहिलो चरणमा प्रत्यक्ष उपचार सेवामा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स तथा शव बाहनका चालक र सरसफाईकर्मीहरुलाई खोप लगाइने उनले बताए । तिवारीका अनुसार पहिलो चरणका लागि ६ हजार भन्दा बढी फ्रन्टलाइनरहरुको तथ्याङ्क संकलन गरी पठाइएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई खोप दिइनेछ उनले भने, हामीले ६ हजार भन्दा बढी फ्रन्टलाइनरहरुको तथ्याङ्क पठाएका छौं, उताबाट कती खोप आउँछ भन्न सकिन्न ।
उनका अनुसार पहिलो चरणमा ६ हजार ५०० देखि ७ हजार खोप माग गरिएको छ । १८ गते भित्र खोप आइपुग्ने र आएलगत्तै लगाउन शुरु गरिने उनले बताए । खोप भण्डारणका लागि कुनै समस्या नरहेको समेत उनले बताए । स्वास्थ्य कार्यालयको नियमित भ्याक्सिन भण्डारण गरिने कोल्ड रुममा नै कोरोनाको खोज भण्डारण गरिनेछ ।
भण्डारणका लागि केही समस्या नै छैन उनले भने, हामीले नियमित रुपमा भ्याक्सिन भण्डारण गरिरहेको कोल्डरुममा नै भण्डारण गर्न सक्छौं । जिल्लाका ३ वटा अस्पतालबाट मात्रै कोरोनाको खोप दिइने छ ।
पूर्वी चितवनका लागि रत्ननगरको बकुलहर अस्पताल, भरतपुर अस्पताल र माडीका लागि माडी अस्पतालबाट मात्र खोप दिइने छ । यि अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धी तालिम दिइने छ । भारत सरकारले नेपाललाई अनुदानमा १० हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो ।
उक्त खोप अहिले प्रदेशहरुमा पठाउने काम भइरहेको छ । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पुरु हुनेछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96