२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

कांग्रेसको संसद् विघटन र नियुक्तिविरुद्ध आज शान्तिपूर्ण आन्दोलन

प्रकाशित मिति : २०७७ माघ २४ गते
file photo

काठमाडौं / प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।
देशभरका सदरमुकाममा कालो पट्टी, मास्कसहित नारा लेखिएको प्ले कार्ड छातिमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। काठमाडौंको भद्रकालीमा भेला भइ मानवसाङ्लोमा टुँडीखेल घेर्ने कार्यक्रम पनि रहेको छ।
बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको नेपालबन्दप्रति पनि लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको शर्माले बताए। ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो। अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं। विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’
प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका तीन विषयमा गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने कांग्रेसले जनाएको छ।
प्रतिनिधिसभा विघटन र संवैधानिक नियुक्तिविरुद्ध आन्दोलनमा साथ दिन कांग्रेसको अपील
कांग्रेसले संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रष्ट रुपलेविरुद्धमा उभिएको दाबी गरेको छ।
कांग्रेसले आगामी फागुन तीन गते पनि ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ। कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ। पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्‍त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ। -अन्नपूर्णपोष्टबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68